बायर्नको निराशाजनक बराबरी

डिसी नेपाल
२९ भदौ २०७६ ८:१३

एजेन्सी । जर्मन बुन्डेस लिगा फुटबलमा साविकको विजेता वायर्न म्युनिख बराबरीमा रोकिएको छ ।

शनिबार राति भएको खेलमा वायर्न आरबी लेपजिगसँग १–१ गोलको बराबरीमा रोकिएको हो । लेपजिगको मैदानमा सुरुवाती अग्रता जोगाउन नसक्दा वायर्नले बराबरी खेलेको हो ।

खेलको तेस्रो मिनेटमा रोबर्टो लेवान्डोस्कीले गोल गर्दै वायर्नलाई अग्रता दिलाएका थिए । तर, खेलको ४५ औं मिनेटमा लेपजिगका इमिल फोर्सबेर्गले पेनाल्टीमा गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए ।

दोस्रो हाफमा दुवै टोलीले गोल गर्न सकेनन् र खेल १–१ को बराबरीमा सकियो । बराबरीसँगै वायर्नले ४ खेलबाट ८ अंक जोडेको छ । वायर्न तेस्रो स्थानमा रहेको छ । ४ खेलमा १० अंक जोडेको लेपजिग शीर्ष स्थानमा रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *