त्रिकोणात्मक टी–ट्वान्टी सिरिजको दोस्रो खेलमा अफ्गानिस्तानसँग जिम्बावे पराजित

डिसी नेपाल
२९ भदौ २०७६ ८:५४

एजेन्सी । त्रिकोणात्मक टी–ट्वान्टी सिरिज अन्तर्गत आफ्नो दोस्रो खेलमा पनि जिम्बावे पराजित भएको छ। पहिलो खेलमा बंगलादेशसँग ३ विकेटले पराजित भएको जिम्बावे शनिबार भएको दोस्रो खेलमा अफ्गानिस्तानसँग २८ रनले पराजित भएको हो।

ढाकामा अफ्गानस्तानले दिएको १९८ रनको लक्ष्य पछ्याउने क्रममा जिम्बावेले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १६९ रन बनायो। जिम्बावेका रेगिस चकाभाले सर्वाधिक ४२ रन बनाए। यस्तै ब्रेन्डन टेलरले २७ तथा रायन ब्रुलले २५ रन बनाए। अफ्गानिस्तानका फरिद अहमद र रशिद खानले २–२ विकेट लिए।

यसअघि टस हारेर ब्याटिङ गरको अफ्गानिस्तानले २० ओभरमा ५ विकेट गुमाएर १९७ रन बनाएको थियो। त्यसका लागि नजिबुल्लाह जदरनले नटआउट ६९ रन बनाए। यस्तै रहमानुल्लाह गुरबाजले ४३ रन बनाउँदा मोहम्मद नबीले ३८ रन बनाए। जिम्बावेका टेण्डाइ चतरा र सिन विलियम्सले २–२ विकेट लिए।

जितसँगै अफ्गानिस्तानले पनि २ अंक जोडेको छ । सिरिज अन्तर्गत अब आइतबार बंगलादेशले अफगानिस्तानसँग खेल्नेछ । तीन राष्ट्रबीच ६ खेल हुनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *