प्रिमियर लिगमा टोटेनहमको शानदार जित

डिसी नेपाल
२९ भदौ २०७६ ९:३७

एजेन्सी । टोटेनहमले प्रिमियर लिग फुटबलमा क्रिस्टल प्यालेसलाई हराएको छ । घरेलु मैदानमा चमत्कारी प्रर्दशन गरेको टोटेनहमले क्रिस्टललाई ४–० को फराकिलो गोल अन्तरले हराएको हो ।

टोटेनहमका चारै गोल पहिलो हाफमा सम्भव भएको थियो । प्रिमियर लिगको दाबेदार टोलीको जितमा कोरियाली स्टार सन ह्युङ मिनले दुई गोल गरे ।

१० औ मिनेटमा सनले टोटेनहमका लागि पहिलो गोल गरेका थिए । भान आन्होल्टको आत्मघाती गोलमा टोटेनहमले २१ औ मिनेटमा अग्रतालाई दोब्बर बनायो । २३ औ मिनेटमा सनले ब्यक्तिगत दोस्रो गोल गर्दै टोटेनहमलाई ३–० को स्थिती पुर्याएका थिए ।

४२ औ मिनेटमा लामेलाले गोल गर्दै घरेलु टोलीलाई पहिलो हाफमै आरामदायी स्थितीमा पु¥याएका थिए । तेस्रो स्थानको टोटेनहमले ५ खेलबाट ८ अंक जोडेको छ । क्रिस्टल ७ अंक सहित तालिकाको ११ औ स्थानमा छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *