प्रियिमर लिगमा युनाईटेडको संघर्षपूर्ण जित

डिसी नेपाल
२९ भदौ २०७६ १०:२४

एजेन्सी । मार्कोस राष्फोर्डको पेनाल्टी गोलमा म्यानचेष्टर युनाईटेडले प्रियिमर लिग फुटबलमा साँघुरो जित निकालेको छ ।

शनिबार राति घरेलु मैदानमा भएको खेलमा युनाईटेडले लेस्टर सिटीमाथि १–० को जित निकालेको हो ।युनाईटेडको जितमा राष्फोर्डले पहिलो हाफको आठौं मिनेटमा पेनाल्टीमा गोल गरे ।

नयाँ सिजनमा युनाईटेडको यो दोस्रो जित हो। जितसंगै युनाईटेड ५ खेलबाट ८ अंक सहित तालिकाको चौथौ स्थानमा उक्लिएको छ । लेस्टर भने समान अंक भएपनि पाँचौ स्थानमा धकेलिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *