ला लिगामा एट्लेटिकाेको पहिलो हार, शीर्ष स्थान कब्जा

डिसी नेपाल
२९ भदौ २०७६ १०:५३

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिडको विजयी यात्रामा पुर्ण विराम लागेको छ । शनिबार राति भएको खेलमा रियल सोसिडाडले एट्लेटिको मड्रिडलाई २–० गोल अन्तरले हराएको हो ।

खेलको ५८ औ मिनेटमा मार्टिन ओडेगार्डले गोल गर्दै सोसिडाडलाई अग्रता दिलाएका थिए । ६१ औ मिनेटमा नाचो मोनरियलले गोल गर्दै सोसिडाडलाई घरेलु मैदानमा सहज जित दिलाउन सफल रहे । आर्सनलका डिफेन्डर नयाँ सिजन सोसिडाडमा आएका हुन् । उनले डेब्यु खेलमा गोल गर्दै स्पेनिस लिगको शीर्ष स्थानको क्लबलाई सिजनको पहिलो हार चखाउन सफल रहे ।

एट्लेटिको मुख्य फरवार्ड अल्भारो मोराटाबिना मैदानमा उत्रिएको थियो । उनी चोटका कारण टिम बाहिर छन् । तर आक्रमणको जिम्मेवारी सम्हालेका डिएगो कोस्टा र कीर्तिमानी मुल्यका खेलाडी जोआओ फिलिक्सले खेलमा प्रभाव राख्न असफल रहे ।

एट्लेटिको मड्रिडले सिजनको पहिलो हार ब्यहोर्यो । शीर्ष स्थानको एट्लेटिकोको ४ खेलबाट ९ अंक छ । रियल सोसिडाड ७ अंक सहित तालिकाको छैटौ स्थानमा छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *