विद्यार्थीलाई पार्टीको झण्डा बोकाउनुहुन्न : विकासमन्त्री धिमिरे

डिसी नेपाल
२९ भदौ २०७६ ११:३३

इटहरी । प्रदेश नं १ का शिक्षा तथा सामाजिक विकासमन्त्री जीवन घिमिरेले अबका विद्यार्थीलाई पार्टीको झण्डा बोकाउन नहुने भन्दै देश समृद्धितर्फ उन्मुख भएकाले युवाहरुलाई प्राविधिक शिक्षा प्रदान गरी देश विकासको कार्यमा लगाउनुपर्ने बताएका छन्।

आइतबार इटहरी उपमहानगरपालिका–२० तरहरास्थित राष्ट्रिय जनसहयोग क्याम्पसको सातौँ साधारणसभा तथा तेस्रो अधिवेशनको उद्घाटन गर्दै मन्त्री घिमिरेले प्रदेश नं १ मा ९१ सामुदायिक क्याम्पस, पूर्वाञ्चल विश्वविद्यालय एवं तथा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानजस्ता शैक्षिक संस्थालाई कसरी व्यवस्थापन गरेर लैजानेजस्ता विषयमा प्रदेश सरकारको चुनौतीको विषय भएकाले विज्ञहरुसँग आवश्यक परामर्श भइरहेको बताए।

त्यसैगरी हरेक शैक्षिक संस्थाले उत्पादन गरेको जनशक्ति कहाँ जान्छ, अबका दिनमा त्यसको रेकर्ड प्रदेश सरकारले राख्ने उनको भनाइ छ। प्रदेशसभा सदस्य सर्वध्वज साँवाले विद्यार्थीलाई आफूहरुले देशमै रोजगारीको अवसर सिर्जना गर्न काम गरिरहेको बताए।

सो कार्यक्रममा इटहरी उपमहानगरपालिकाका प्रमुख द्वारिकालाल चौधरीले क्याम्पसको साधारणसभा सफलताको शुभकामना व्यक्त गरेका थिए।कार्यक्रम क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष राजकुमार राईको अध्यक्षतामा सम्पन्न भएको थियो। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *