डेनली र स्टोकको उत्कृष्ट ब्याटिंगपछि इङल्याण्ड बलियो अवस्थामा
काठमाडौं । जारी पाँचौ एशेजको तेस्रो दिनको खेल सकिदा गरेलु टिम इङल्याण्ड बलियो अवस्थामा रहेको छ । तेस्रो दिनको खेल सकिदा इङल्याण्डले आफ्नो दोस्रो इनिंगमा ८ विकेट गुमाउदै ३१३ रन बनाएको छ ।
पहिलो इनिंगमा पाएको ६९ रनको बढ्तसहित अब इङल्याण्डले अस्ट्रेलियामाथि ३८२ रनको बढ्त बनाएको छ । इङल्याण्डको दोस्रो इनिंगमा जोय डेनलीले सर्वाधिक ९४ रन बनाए भने बेन स्टोकले ६७ रन बनाएर आउट भए । त्यस्तै जोस बटलरले ४७ रन बनाए भने कप्तान जोय रुटले २१, रोरी बर्न्सले २० रन बनाए ।
त्यस्तौ साम कुरानले १७, जोनी बैरस्ट्रवले १४ रन बनाए । अहिले जोफ्रा आर्चर ३ रन तथा ज्याक लीच ५ रन बनाएर खेलिरहेका छन् । अस्ट्रेलियाका बलर नाथन लियोनले ३ विकेट लिए भने पिटर सिडडल र मिचेल मार्शले २-२ विकेट लिए । त्यस्तै पाट कमिन्सले एक विकेट लिए ।
यस अघि इङल्याण्डले आफ्नो पहिलो इनिंगमा २९४ रन बनाएको थियो भने अस्ट्रेलिया आफ्नो पहिलो इनिंगमा २२५ रनमा अल आउट भएको थियो । ५ खेलको सिरिजमा अस्ट्रेलिया २-१ ले अगाडी रहेको छ ।
Facebook Comment