डर्टमण्डको फराकिलो जित

डिसी नेपाल
२९ भदौ २०७६ ११:५९

एजेन्सी । जर्मन बुन्डेस लिगा फुटबलमा बोरुसिया डर्टमण्डले सहज जित निकालेको छ। शनिबार राति भएको खेलमा डर्टमण्डले बायर लिभरकुसेनलाई ४–० ले पराजित गरेको छ ।

घरेलु मैदानमा डर्टमण्डलाई जित दिलाउन मार्को रिउसले दुई गोल गरे । यस्तै पाको अल्कासेर र राफेल गुइरेरोले एक एक गोल गरे ।

जितसँगै डर्टमण्ड लिगको दोस्रो स्थानमा उक्लिएको छ । डर्टमण्डको ४ खेलबाट ९ अंक रहेको छ । ७ अंक जोडेको बायर छैटौं स्थानमा छ ।

आरबी लेपजिग ४ खेलमा १० अंक जोडेर शीर्ष स्थानमा छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *