हुम्ला केन्द्रबिन्दु भएर ५ म्याग्नीच्यूडको भूकम्प
काठमाडौँ । हुम्लाको लिमी केन्द्रबिन्दु बनाएर ५ म्याग्नीच्यूडको भूकम्प गएको छ ।
आइतबार बिहान १० बजेर ५४ मिनेट जाँदा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
Earthquake of local magnitude 5.0 in Limi, Humla @10:54 local time. @NEOCOfficial https://t.co/XBMh1djhCK
— NSC, Nepal (@NepalNsc) September 15, 2019
भूकम्पबाट भएको क्षतिको केही विवरण आउन सकेको छैन। गत भदौ ५ मा सोलुखुम्बुको गोली क्षेत्रलाई केन्द्रबिन्दु बनाएर ४ म्याग्नीच्यूडको भूकम्प गएको थियो।
प्रतिक्रिया
Facebook Comment