संसारभर एकैपटक ठूलो परिमाणमा पेट्रोलियम पदार्थको मूल्य बढ्न सक्छ

डिसी नेपाल
२९ भदौ २०७६ १३:२८

एजेन्सी। साउदी अरबको सबैभन्दा ठूलो तेल कम्पनी अरामकोका २ तेल संयन्त्रमा भएको ड्रोन आक्रमणपछि साउदी अरबमा तेलको उत्पादन नराम्रोसँग प्रभावित भएको छ । अन्तर्राष्ट्रिय मिडिया रिपोर्टनअनुसार त्यहाँ तेल उत्पादनमा प्रतिदिन ५० लाख ब्यारलको हिसाबले कमी आउन सक्छ । जसका कारण अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा ठूलो मात्रामा वृद्धि हुन सक्छ ।

साउदी अरबको आधिकारिक प्रेस एजेन्सीले उर्जामन्त्री शहजादा अब्दुलअजीजलाई उद्धृत गर्दै अरामकोका संयन्त्रमा भएको ड्रोन आक्रमणका कारण दुवै इलाका अब्केक र खुरेसमा अस्थायी रुपमा तेल उत्पादन रोकिएको जनाएको छ । यसका अलावा आक्रमणको तत्काल पछि साउदी अरबमा पनि तेलको आपूर्तिमा निकै असर परेको छ । यसबाट साउदी अरब भित्रै पनि तेलको मूल्यमा वृद्धि देखिएको छ । साउदी अरब बाहिर मध्यपूर्वका कैयौं देशमा तेलको मूल्यमा वृद्धिको आशंका अधिक भएको छ ।

आक्रमणपछि संसारभरका मानिसको ध्यान यो घटनाप्रति तानिएको छ । यो आक्रमणका लागि अमेरिकाले इरानलाई जिम्मेवार ठहर गरेको छ । अमेरिकी विदेश मन्त्री माइक पोम्पियो आरोप लगाएका छन् कि इरानले संसारभर तेल सप्लाइ रोक्नको लागि यो ड्रोन आक्रमण गराएको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि साउदी राजकुमार मोहम्मद बिन सलमानसँग फोनमा कुरा गरेका छन् ।

शनिबार आक्रमणको केही समयपछि यमनका इरान समर्थित हाउती विद्रोहीले आरामकोमा गरिएको यो आक्रमणको जिम्मेवारी लिएका थिए । अल मसीरा टिभीका अनुसार विद्रोहीहरुले ठूलो परिमाणमा अपरेशन सुरु गरे जसमा १० ड्रोन सामेल थिए । उनीहरुले अब्केक र खुरेसका संयन्त्रलाई निशाना बनाए । साउदीको प्रेस एजेन्सीले भने आक्रमणको केही समयमा नै अरामकोको औद्योगिक सुरक्षा दलले ड्रोन आक्रमणपछि लागेको आगो नियन्त्रणमा लिएको जनाएको थियो । अरामको संसारकै सबैभन्दा ठूलो तेल उत्पादक कम्पनी हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *