प्रतिपक्षी नेकपा र एनसेल भ्रष्टाचारको विषय कल्पना गरौं, आगो बाल्थे : दिपक बोहरा

डिसी नेपाल
२९ भदौ २०७६ १४:५५

रुपन्देही । राप्रपाका वरिष्ठ नेता एवं पुर्वमन्त्री दिपक बोहराले यदि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सरकारमा नभएको भए इतिहासको सर्वाधिक ठूलो भ्रष्टाचार काण्ड एनसेल भ्रष्टाचारका विषयमा आगो बाल्ने बताएका छन्।

रुपन्देही जिल्लाको भैरहवामा आयोजित प्रशिक्षक प्रशिक्षण कार्यक्रमको उद्घाटन समारोहमा बोल्दै वरिष्ठ नेता बोहराले देशमा अर्बौंको भ्रष्टाचार भएको र त्यसमा प्रमुख प्रतिपक्ष कांग्रेस समेतको संलग्नता हुनसक्नेमा आशंका व्यक्त गर्दै प्रमुख दलको मौनतामा आश्चर्य प्रकट गरेका छन्।

नेता बोहराले धर्म परिवर्तन दण्डनीय भएता पनि नेपालमा पछिल्लो समय धर्म परिवर्तनले व्यापकता पाएको बताए। ठूला भनिने दल र नेताहरूको संरक्षणका कारण धर्म परिवर्तनको गति बढिरहेकोमा चिन्ता व्यक्त गर्दै नेता बोहराले धर्म परिवर्तनलाई समयमै नरोक्ने हो भने देशमा धार्मिक द्वन्द निश्चित भएको पनि बताएका छन्।

नेता बोहराले देशको समसामयिक राजनीति बारे कार्यकर्ता तह सुसूचित र प्रशिक्षित हुनुपर्नेमा जोड दिँदै प्रशिक्षणले नेता- कार्यकर्तालाई सक्षम बनाउने र राजनीति रूपमा अन्य राजनीति दलसित प्रतिस्पर्धा गर्न सक्ने बनाउने हुँदा राजनीति गर्ने सबैले प्रशिक्षण लिनु पर्ने बताए।

प्रशिक्षक प्रशिक्षण कार्यक्रमको उदघाटन समारोहमा राप्रपाका सल्लाहकार समितिका अध्यक्ष निरन्जन थापा, प्रवक्ता तथा प्रशिक्षण विभागका प्रमुख भुवन पाठक, प्रदेश ५ का संयोजक प्रदिप कुमार उदय लगायतले मन्तव्य राखेका थिए।

रुपन्देही जिल्ला स्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रममा जिल्लाका अगुवा सदस्यलाई पार्टीका प्रवक्ता भुवन पाठक, केन्द्रिय सदस्य युवराज घिमिरे तथा बिन्ती प्रसाद चौधरी, पर्सा जिल्ला अध्यक्ष सुमेस्वर कुशवाहा र प्रचार विभागका सदस्य सचिव सुजित के.सीले प्रशिक्षण दिने बताईएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *