कक्षामा विद्यार्थी मोवाइलमा झुण्डिएपछि शिक्षकको पारो तात्यो, १६ फोनको ‘राम नाम सत्य’
काठमाडौं। आजभोलि मानिसमा स्मार्टफोनको लत अत्यन्तै बढिरहेको छ । मानिसहरु धेरैजसो समय आफ्नो मोवाइलमा व्यस्त देखिन्छन् । तर भारतको कर्नाटक राज्यमा एक प्रिन्सिपललाई यो कुरामा यतिसम्म रिस उठ्यो कि उनले कक्षामै विद्यार्थीको फोन जफत गरेर ती फोनलाई हथौडाले फुटाइदिए । अहिले उनले मोवाइल फोन फुटाएको थिडियो सामाजिक संजालमा भाइरल भइरहेको छ ।
कर्नाटकको एमइएस चेतन्य पीयू कलेजका प्रिन्सिपल कक्षा चलिरहेको बेलामा पनि विद्यार्थीले मोवाइल फोन चलाइरहँदा हैरान भएका थिए । उसले यसअघि नै कैयौं पटक विद्यार्थीहरुलाई यदि कुनै विद्यार्थी कक्षा चलिरहेको बेला मोवाइल चलाइरहेको पाइएमा उसको फोन त्यहीँ फुटाइनेछ भनेर चेतावनी दिइसकेका थिए । तर, कलेजका विद्यार्थीले अन्य नियम र निर्देशनजस्तै यसलाई पनि बेवास्ता गर्दै कक्षा चलिरहेको बेला मजाले मोवाइलमा व्यस्त थिए ।
यो देखेर प्रिन्सिपललाई यतिसम्म रिस उठ्यो कि उनले तत्कालै हथौडा मगाए र विद्यार्थीको मोवाइल लिएर त्यहीँ फुटाइदिए । प्रिन्सिपलले यसरी मोवाइल फुटाएको भिडियो भाइरल भएपछि कलेजका अधिकारीले विद्यार्थीहरु कक्षा चलिरहेका बेला पनि एक अर्कासँग च्याटमा व्यस्त पाइएकोले यस्तो निर्णय गर्नुपरेको सफाइ दिएका छन् । बिहीबार कलेजका अधिकारीले जाँचपछि १६ मोवाइल जफत गरेका थिए ।
मोवाइल जफत गरेपछि सबै विद्यार्थीलाई कलेजको हलमा जम्मा हुन पठाइयो । विद्यार्थी जम्मा भएपछि प्रिन्सिपल त्यहाँ पुगे । उनले विद्यार्थीकै अगाडि सबै मोवाइल हथौडाले फुटाइदिए । कर्नाटकका केही शिक्षण संस्थाहरुले कलेजको यो निर्णयको समर्थन गरेका छन् । उनीहरुले स्कुल कलेजमा स्थिति नियन्त्रणबाट बाहिर गइसकेको भन्दै यस्तो किसिमको दण्डको आवश्यकता रहेको बताएका छन् ।
WATCH: A college principal in Karnataka smashes cellphones seized from students with hammer. #Karnataka https://t.co/5Iaghon2Nc pic.twitter.com/0r1XRxIUj6
— TOI Mangaluru (@TOIMangalore) September 14, 2019
Facebook Comment