इङल्याण्डले अस्ट्रेलियालाई दियो ३९९ रनको बलियो लक्ष्य, सिरिज बराबरी गर्ने अवसर

डिसी नेपाल
२९ भदौ २०७६ १६:१६

काठमाडौं । जारी एशेजको पाँचौ टेस्टको चौथो दिनको सुरुवातमा घरेलु टिम इङल्याण्डले अस्ट्रेलियालाई बलियो लक्ष्य दिएको छ । इङल्याण्डले आफ्नो दोस्रो इनिंगमा ३२९ रन बनाएको छ ।

पहिलो इनिंगमा पाएको ६९ रनको बढ्तसहित अब इङल्याण्डले अस्ट्रेलियालाई ३९९ रनको लक्ष्य दिएको छ । इङल्याण्डको दोस्रो इनिंगमा जोय डेनलीले सर्वाधिक ९४ रन बनाए भने बेन स्टोकले ६७ रन बनाएर आउट भए । त्यस्तै जोस बटलरले ४७ रन बनाए भने कप्तान जोय रुटले २१, रोरी बर्न्सले २० रन बनाए ।

त्यस्तौ साम कुरानले १७, जोनी बैरस्ट्रवले १४ रन बनाए । अस्ट्रेलियाका बलर नाथन लियोनले ४ विकेट लिए भने पिटर सिडडल, मिचेल मार्श र प्याट कमिन्सले २-२ विकेट लिए ।

यस अघि इङल्याण्डले आफ्नो पहिलो इनिंगमा २९४ रन बनाएको थियो भने अस्ट्रेलिया आफ्नो पहिलो इनिंगमा २२५ रनमा अल आउट भएको थियो । ५ खेलको सिरिजमा अस्ट्रेलिया २-१ ले अगाडी रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *