सीपीएलमा सन्दिप लामिछानेको तेस्रो खेल आज

डिसी नेपाल
२९ भदौ २०७६ १६:३८

काठमाडौं। क्यारेबियन प्रिमियर लिगमा नेपाली खेलाडी सन्दिप लामिछाने आवद्ध बारबाडोस ट्रेडेन्टसको तेस्रो खेल आज हुँदैछ । अंक तालिकाको चौथो स्थानमा रहेको बारबाडोस आजको खेलमा जमाइका तलावाजविरुद्ध जीत निकाल्दै अंक तालिकाको तेस्रो स्थानमा पुग्ने लक्ष्यसहित मैदानमा उत्रनेछ । खेल नेपाली समयअनुसार आज राती पौने ११ बजे सुरु हुँदैछ ।

अघिल्लो खेलमा म्यान अफ द म्याच भएका सन्दिप आजको खेलमा पनि प्लेइङ ११ मा पर्ने निश्चित छ । चोट वा अन्य कुनै कारणले खेल्न नसक्ने भएको अवस्थामा बाहेक अघिल्लो खेलमा म्यान अफ द म्याच भएका खेलाडीलाई अर्को खेलमा बाहिर बेन्चमा राख्ने सम्भावना हुँदैन ।

बारबाडोसले यसअघि गुएना अमेजन वारियर्ससँग पहिलो खेलमा पराजित भएको थियो भने सेन्ट किट्स एण्ड नेभिस प्याट्रिओट्सलाई जितेको थियो । प्रतियोगितामा अन्य टिमको तुलनामा बैभन्दा कम २ खेलमात्र खेलेको बारबाडोस २ अंकसहित तालिकाको चौथो स्थानमा छ । बारबाडोसको आजको प्रतिद्वन्द्वी जमाइकामा क्रिस गेल, आन्द्रे रसेलजस्ता स्टास ब्याट्सम्यान छन् । तैपनि जमाइकाले अहिलेसम्म ४ खेल खेलेकोमा सबै हारेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *