च्याम्पियन्स लिगको महत्वपूर्ण खेलमा मेस्सी खेल्ने आशा, अभ्यासमा फर्किए

डिसी नेपाल
२९ भदौ २०७६ १७:१०

काठमाडौं। नयाँ सिजन सुरु हुनअघि घाइते भएका बार्सिलोना कप्तान लियोनल मेस्सी आइतबार टिमसँग अभ्यासमा सामेल भएका छन्। ला लिगाका चार खेल गुमाएका उनी च्याम्पियन्स लिगको पहिलो खेलमा खेल्ने आश बढेको छ।

च्याम्पियन्स लिगको पहिलो खेलमा बार्सिलोनाले मंगलबार राति पौने १ बजे बोरुसिया डर्टमण्डसँग खेल्दैछ। मेस्सी शतप्रतिसत ठिक नभई नखेलाउने पक्षमा बार्सिलोना प्रशिक्षक एर्नेस्टो भालभर्दे छन्। मेस्सी अभ्यासमा सामेल हुनाले अन्य खेलाडीको मनोबल बढ्ने उनको विश्वास छ।

च्याम्पियन्स लिगका लागि जर्मन जानुअघि बार्सिलोनाले सोमबार पनि केहीबेर अभ्यास गर्ने तालिका रहेको छ। मेस्सीलाई पनि जर्मन लैजाने टोलीमा सामेल गराउने पक्षमा भालभर्दे देखिएका छन्।

मेस्सीले ला लिगामा एथ्लेटिको बिल्बाओसँग १–० ले हारेको पहिलो खेल, रियल बेटिसलाई ५–२ ले हराउँदा, ओसासुनासँग २–२ को बराबरी हुँदा र शनिबार राति भ्यालेन्सियालाई ५–२ ले हराएको खेल गुमाएका थिए।

मेस्सीको पिडौंलामा लागेको चोट केही दिनमा ठिक हुने भनिए पनि अझै उनी पूर्ण रुपमा ठिक भने भइसकेका छैनन्। उनको चोट सामान्य भने भइसकेको छ।

कोपा अमेरिकाको खेल सकाएर बिदापछि क्लब फर्किएका मेस्सी अभ्यासको पहिलो दिनमै घाइते भएका थिए। मेस्सीको दाहिने गोडाको पिडौंलामा चोट लागेको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *