प्रिन्सलाई दुबई जुनियर इन्टरनेशनल ब्याडमिन्टनको उपाधि

डिसी नेपाल
३० भदौ २०७६ ०:०८

काठमाडौं । नेपालका प्रिन्स दाहालले संयुक्त अरब इमिरेटस् (युएई) मा जारी दुबई जुनियर इन्टरनेशनल ब्याडमिन्टन सिरिजअन्तर्गत यु–१९ ब्वाइजतर्फको स्वर्ण पदक जितेका छन्। उनले छुट्टाछुट्टै प्रतिस्पर्धामा दुई रजत पदकसमेत जितेका छन्।

आज भएको फाइनल खेलमा उनले भारतीय खेलाडी वरुण कपुरलाई २–० सोझो सेटले पराजित गरेका हुन्। उनले कपुरलाई २१–१९ र २१–१९ अङ्कले हराए।

प्रिन्स सेमिफाइनलमा भारतीय खेलाडी वसन्तकुमार राजेन्द्रनलाई पराजित गरी फाइनल पुगेका थिए। उनी गत वर्ष सम्पन्न दुबई जुनियर इन्टरनेशनल ब्याडमिन्टन सिरिजको यु–१५ ब्वाइजका विजेतासमेत हुन्।

यस्तै दुबई जुनियर इन्टरनेशनल ब्याडमिन्टन सिरिजको यु–१९ मिक्स डबल्सतर्फ प्रिन्स र सानिया चन्दको जोडीले रजत जितेका छन्।

यस्तै यु–१९ ब्वाइज डबल्समा समेत प्रिन्सले युएईका नवहान नजिवसँग मिलेर रजत पदक प्राप्त गरेका छन्। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *