मिस इकलेज २०१९ को ताज एलिसा श्रेष्ठलाई

डिसी नेपाल
३० भदौ २०७६ ९:५४

काठमाडौं। सिजन मिडियाले राजधानीमा बुधबार साँझ आयोजना गरेको ‘मिस इकलेज २०१९ मा ललितपुरको क्यारेवियन कलेजमा अध्ययनरत १९ वर्षिय एलिसा श्रेष्ठले शीर्ष ताज जितेकी छन्। उनले मल्टिमिडिया अवार्ड र भिर्योस च्वाइस अवार्डपनि हात पार्न सफल भइन्।

काठमाडौंको ह्वाइटहाउस इनटरनेशनल कलेजमा अध्ययनरत प्रकृति शाहिले फष्ट रनरअपको ताज सहित मिस ट्यालेन्ट अवार्ड पनि हात पारिन्। त्यसैगरी सेकेण्डरनरअपको ताज भने गोल्डेनगेट कलेजमा अध्ययनरत निष्ठा लम्सालले जित्न सफल भइन्। थर्ड रनरअप रुषा नापित भने उनले मिस पर्शनालिटी र फोटोजेनीक अवार्ड पनि जित्न सफल भइन साथै फोर्थ रनरअप दिपा लिम्वुले वेष्ट स्कीनक अवार्ड पनि जित्न सफल भइन्।

विधागततर्फ सुस्मिता बसेलले बेष्ट वाकको उपाधी हात पारिन् भने सिमा ढकालले मिस पपुलर र अर्गनाइजर च्वाइस जितिन् भने वेष्ट ड्रेस स्वेता ठकुरी त्यसै गरि कन्फीडेनस अवार्ड रेश्मा तामाङ , व्यूटीफुल आइज एलिसा भुषाल, मिस पङ्चुवालिटि विमला तामाङ्, करिसा श्रेष्ठले बेष्ट हेयरको उपाधी हात पारिन्।

प्रतियोगिताको निर्णायक मण्डलमा नेपाल एयर होस्टेस एकाडमीकी प्रशिक्षक गौरीकला थापा ,जुम्वा तथा नृत्य प्रशिक्षक सोनाम केसी, मिस इकलेज २०१६ की विजेता नितिका कर्मचार्य र माछापुच्छ्रे बैकका मोहीनि प्रधान र फिल्म निर्देशक तथा सन्चारकर्मी जनकदिप पराजुली र सिम्रिक एयरलाइन्सकी चिफ एयर होस्टेज अस्मीता खनाल रहेका थिए।

प्रतियोगितामा विजेताले मिस इकलेज २०१९’का ताज र उपाधी सहित उपहार स्वरुप थाइल्याण्ड टुरको लागि हवाइ टिकट प्राप्त गरिनभने उक्त प्रतियोगीतालाई प्रायोजन गर्ने कलेजहरुमा उच्च शिक्षा अध्ययनका लागि एक लाख वरावरको छात्रावृत्ति पनि हात पारिन्।

साथै उनले डाइस्टारको तर्फवाट टिभि उपहार पाइन्। यस कार्यक्रमलाई प्रायोजन गरेको नेपाल एयर होस्टेज एकाडमीको तर्फवाट ३० हजार बराबरको एयर होस्टेज तालिमको अवसर पनि प्राप्त गरिन्। फस्ट रनर अप र सेकेण्ड रनर अपले भने डाइस्टारको तर्फवाट मिक्सचर, प्रेशर कुकर लगायत विभिन्न घरायसी समानहरु उपहार प्राप्त गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *