औसत प्रदर्शन गरेका सन्दिपले बनाए टि-२० मा बेस्ट स्कोर, टिम भने पराजित

डिसी नेपाल
३० भदौ २०७६ ९:५६

काठमाडौँ । क्यारेबियन प्रिमियर लिग (सिपिएल) अन्तर्गत बार्बाडोस ट्रीडेन्टस पराजित भएको छ । गएराती सम्पन्न खेलमा बार्बाडोस जमैका तल्लावाहसँग ४ विकेटले पराजित भएको हो । बार्बडोसले दिएको १४१ रनको लक्ष्य पछाएको जमैकाले १८.३ ओभरमा ६ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

जमैकाका लागि चडविक वाल्टनले अविजित ५१ रन बनाए भने ग्लेन फिलिपले २८, जेभेल ग्लेनले २७, क्रिस गेलले २२ रन बनाएका थिए । बार्बाडोसका बलर जासन होल्डर र हेडेन वाल्शले २-२ विकेट लिए भने सन्दीप लामिछाने र रोशोन प्रिमुसले १-१ विकेट लिए । सन्दीप लामिछानेले ४ ओभरमा एक मेडनसहित ३५ रन दिएर एक विकेट लिएका थिए ।

यस अघि टस हारेर पहिला ब्याटिंग गरेको बारबाडोसले २० ओभरमा ९ विकेट गुमाउदै १४० रन बनाएको थियो । बार्बाडोसका लागि एशले नर्सले सर्वाधिक ३७ रन बनाए भने जेपी डुमीनीले ३१, जोनशन चार्ल्स र एलेक्स हेल्सले १२-१२ रन र सन्दीप लामिछानेले अविजित १० रन बनाएका थिए । यो अविजित १० रन सन्दिपको टि-२० मा सर्वाधिक स्कोर हो ।

यो जितसँगै जमैकाले आफ्नो पाँचौ खेलमा पहिलो जित हासिल गरेको छ ।त्यस्तै बार्बाडोसले भने आफ्नो तेस्रो खेलमा दोस्रो हार बेहोरेको छ । अब सन्दीपको बार्बाडोसले आगामी शनिबार विहान सेन्ट लुसियासँग खेल्ने छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *