बंगलादेशमाथि अफगानिस्तानको कीर्तिमानी जित

डिसी नेपाल
३० भदौ २०७६ १०:२३

काठमाडौँ । बंगलादेशमा जारी त्रिकोणीय सिरिजमा अफगानिस्तानले कीर्तिमानी जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा अफगानिस्तानले बंगलादेशलाई २५ रनले पराजित गर्दै अहिलेसम्म अन्तर्राष्ट्रिय टी-२० क्रिकेटमा लगातार धेरै खेलमा अपराजित हुने अस्ट्रेलियाको रेकर्डको बराबरी गरेको छ । अफगानिस्तानको यो जितसँगै अस्ट्रेलियासँग लगातार १२-१२ खेलमा अपराजित हुने रेकर्ड बनेको छ ।

यस खेलमा अफगानिस्तानले दिएको १६५ रनको लक्ष्य पछाएको बंगलादेश १९.५ ओभरमा १३९ रन बनाउदा अल आउट भएको थियो । बंगलादेशका लागि मह्मुदुल्लाहले सर्वाधिक ४४ रन बनाए भने सब्बिर रहमानले २४, अफिफ होसैनले १६ कप्तान शकिब अल हसन तथा मुताफिजुर रहमानले ले १५-१५ रन बनाए ।

अफगानिस्तानका बलर मुजीब उर रहमानले ४ विकेट लिए भने राशिद खान, गुलबदीन नैव र फरीद अहमदले २-२ विकेट लिए । यस अघि टस जितेर पहिला ब्याटिंग गरेको अफगानिस्तानले २० ओभरमा ६ विकेट गुमाउदै १६४ रन बनाएको थियो ।

४० रन बनाउदा ४ विकेट गुमाएको अफगानिस्तानलाई मोहमद नावीले आक्रामक पारी खेल्दै राम्रो अवस्थामा पुर्याएका थिए । नावीले अविजित रहदै ५४ बलमा ८४ रनको उत्कृष्ट पारी खेलेका थिए । त्यस्तै अस्घर अफगानले महत्वपूर्ण ४० रन बनाए । बंगलादेशका बलर मोहमद सैफुद्धीनले ४ विकेट लिए भने शकिब अल हसनले २ विकेट लिए ।

त्रिकोणीय सिरिजमा अफगानिस्तानले दुवै खेल जितेको छ भने बंगलादेशले २ खेलमा एक खेल जितेको छ । त्यस्तै जिम्बाबेले भने अहिलेसम्म खेलेका दुवै खेलमा हार बेहोरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *