माखेरिटियनले डेब्यु खेलमा गोल गर्दै रोमालाई जिताए

डिसी नेपाल
३० भदौ २०७६ ११:००

एजेन्सी । आर्सनलबाट लोनमा इटालियन सिरि ए पुगेका हेनरिक माखेरिटियनको गोलमा रोमाले जित हासिल गरेको छ । आइतबार राति घरेलु मैदानमा भएको खेलमा रोमाले सासुओलोलाई ४–२ गोल अन्तरले हराएको हो । रोमाले खेलको १२ औ मिनेटमा वार्यन क्रिस्टान्टेको गोलबाट अग्रता लिएको थियो । १९ औ मिनेटमा इडिन जेकोले घरेलु टोलीको अग्रता दोब्बर पारेका थिए ।

माखेरिटियनले २२ औ मिनेटमा डेब्यु गोल गर्दै रोमालाई ३–० को स्थितीमा पुर्याएका थिए । जस्टिन क्लुईवर्टले ३३ औ मिनेटमा गोल गर्दै घरेलु टोलीलाई पहिलो हाफमा ४–० ले अघि बढाएका थिए । दोस्रो हाफमा पाहुना टोलीले दुई गोल फर्काएपनि हार टार्न भने सकेन । ५३ र ७२ औ मिनेटमा बेर्डीले गोल गर्दै सासुओलोलाई खेलमा फर्काउने कोशिश गरेका थिए ।

सिजनमा रोमाको यो पहिलो जित हो । रोमा ३ खेलबाट ५ अंक जोड्दै तालिकाको आठौं स्थानमा छ । सासुओलो ३ अंक सहित १२ औ स्थानमा छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *