२ गोलको अग्रता जोगाउन नसक्दा आर्सनल बराबरीमा रोकियो

डिसी नेपाल
३० भदौ २०७६ ११:१९

एजेन्सी । इङलिश प्रिमियर लिग फुटबलमा आर्सनल बराबरीमा रोकिएको छ । आइतबार राति भएको खेलमा आर्सनल वाट्फोर्डसँग २-२ गोलको बराबरीमा रोकिएको हो । वाट्फोर्डको मैदानमा २ गोलको अग्रता जोगाउन नसक्दा आर्सनल बराबरीमा रोकिएको हो । आर्सनलका पेरिक एम्रिक आबुमियाङले दुई गोल गरे । वाट्फोर्डका टम क्लेभर्ली र रोबर्टो पेरेयाराले एक एक गोल गरे ।

खेलको २१ औं मिनेटमा आबुमियाङले गोल गर्दै आर्सनललाई सुरुवाती अग्रता दिलाए । ३२ औं मिनेटमा आबुमियाङले व्यक्तिगत दोस्रो गोल गर्दै आर्सनललाई २-० को अग्रता दिलाए । तर, दोस्रो हाफमा वाट्फोर्डले उत्कृष्ट पुनरागमन गर्यो । खेलको ५३ औं मिनेटमा क्लेभर्लीले गोल गर्दै खेल २-१ मा ल्याए । त्यसपछि खेलको ८१ औं मिनेटमा रोबर्टोले पेनाल्टीमा गोल गर्दै खेल २-२ को बराबरीमा ल्याउदै वाट्फोर्डलाई हारबाट जोगाए ।

यो बराबरीसँगै आर्सनलले तेस्रो स्थानमा उक्लने मौका गुमाएको छ । आर्सनलले ५ खेलबाट ८ अंक जोडेको छ र लिगको सातौं स्थानमा रहेको छ । वाट्फोर्डले ५ खेलमा २ अंक जोडेको छ । पुछारको वाट्फोर्डको यो दोस्रो बराबरी हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *