आज ह्वात्तै बढ्यो सुन चाँदीको भाउ, तोलाको कति पुग्यो ?

काठमाडौँ । आज (सोमबार) नेपाली बजारमा सुनको भाउ ह्वात्तै उकालो लागेको छ । बिहीबारबाट लगातार घटेको सुनको भाउ आज भने पुनः उकालो लागेको हो ।
आज सुन प्रतितोला ११ सय रुपैयाँ बढेको छ । जसमा छापावाल सुन प्रतितोला ७१ हजार ३ सय तथा तेजावी सुन ७१ हजार रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतबार छापावाल सुन प्रतितोला ७० हजार २ सय तथा तेजावी सुन प्रतितोला ६९ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज सुनको भाउसँगै चाँदीको भाउ पनि उकालो लागेको छ । आज चाँदी प्रतितोला १५ रुपैयाँ बढेर ८ सय ६५ रुपैयाँमा कारोबार भईरहेको छ। आइतबार चाँदी ८ सय ४० रुपैयाँमा कारोबार भएको थियो।
काठमाडौँ र उपत्यका आसपासका केही स्थान बाहेकका जिलामा भने सुनचाँदीको भाउ केही बढी पर्न सक्ने छ।
Facebook Comment