एभर्टनमाथि बर्नेमाउथको शानदार जित

डिसी नेपाल
३० भदौ २०७६ ११:४६

एजेन्सी । इङ्लिश प्रिमियर लिगमा बर्नेमाउथले एभर्टनमाथि शानदार जित निकालेको छ । आइतबार भएको खेलमा बर्नेमाउथले एभर्टनमाथि ३-१ को जित निकालेको छ । घरेलु मैदानमा भएको खेलमा बर्नेमाउथलाई जित दिलाउन कलुम विल्सनले दुई गोल गरे । रायन फ्रासरले एक गोल थपे । एभर्टनका डोमिनिक लेविनले एक गोल फर्काए ।

खेलको २३ औं मिनेटमा विल्सनले गोल गर्दै बर्नेमाउथलाई सुरुवाती अग्रता दिलाएका थिए । ४४ औं मिनेटमा लेविनले गोल गर्दै एभर्टनलाई खेलमा फर्काए । खेलको ६७ औं मिनेटमा रायनले गोल गर्दै बर्नेमाउथलाई २-१ को अग्रता दिलाए । त्यसपछि खेलको ७२ औं मिनेटमा विल्सनले व्यक्तिगत गोल गर्दै बर्नेमाउथलाई ३-१ को जित दिलाए ।

जितसँगै बर्नेमाउथले ५ खेलबाट ७ अंक जोडेको छ । बर्नेमाउथ लिगको आठौं स्थानमा छ । ७ अंक जोडेको एभर्टन लिगको ११ औं स्थानमा छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *