‘मेस्सीसँग स्ट्रलिङको तुलना हुँदैन’

डिसी नेपाल
३० भदौ २०७६ १५:०१

एजेन्सी । स्पेनिस क्लब बार्सिलोनाका मिडफिल्डर सर्जिओ बुस्केटले म्यानचेस्टर सिटीका स्टार खेलाडी रहिम स्ट्रलिङ र बार्सिलोनाका कप्तान लियोनल मेस्सीलाई एक आपसमा तुलना गर्नु अतिरन्जित भएको दाबी गरेका छन् । गएको दुई सिजनबाट रहिम स्ट्रलिङ क्लब र देश दुबैको लागि रामो प्रदर्शन गरिरहेका छन् ।

पछिल्लो समयमा मानिसहरुले स्ट्रलिङलाई मेस्सीसँग तुलना गर्न थालिएको छ । बुस्केटले स्ट्रलिङलाई मेस्सीसँग तुलना गर्न नमिल्ने बताएका छन् । बुस्केटले उनी स्ट्रलिङ भविष्यमा मेस्सी जस्तै खेलाडी बन्न सक्ने भएपनि अहिले नै तुलना गर्ने समय नभएको बताएका छन् ।

“स्ट्रलिङ ठूलो सम्भावना बोकेका खेलाडी हुन् । तर उनलाई मेस्सीसँग तुलना गर्नु भनेको भ्रम फैलाउनु हो । दुबै खेलाडीले आफ्नो–आफ्नो क्लबमा ठूलो भूमिका निभाएका छन् । स्ट्रलिङ राम्रा खेलाडी हुन्,” मिररसँगको कुराकानीमा बुस्केटले भने । २४ वर्षीय स्ट्रलिङलाई प्रिमियर लिगको उत्कृष्ट खेलाडीको रुपमा हेर्न थालिएको छ । गएको दुई सिजनमा म्यानचेस्टर सिटीलाई प्रिमियर लिगको टाइटल जिताउनको लागि उनले महत्वपूर्ण भूमिका खेलेका थिए । सन् २०१२ मा राष्ट्रिय टोलीमा डेब्यू गरेका उनले देशको लागि १० गोल गरिसकेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *