डेंगु रोगबारे पर्याप्त अनुसन्धान गरिरहेका छौं : स्वास्थ्य अनुसन्धान परिषद

काठमाडौं । नेपाल स्वास्थ्य अनुसन्धान परिषदले डेंगु रोगबारे पर्याप्त अनुसन्धान गरिएको स्पष्ट पारेको छ ।
डेंगु रोगबारे आवश्यक अनुसन्धान समेत नगरिएको भन्दै सरकारको आलोचना भईरहेका बेला नेपाल स्वास्थ्य अनुसन्धान परिषदले सोमबार पत्रकार सम्मेलन गरी सो रोगबारे मिहिन ढंगले अनुसन्धानको काम गरिएको प्रष्टयाएको हो।
सो रोग लाग्नुको कारणबारे मिहिन ढंगले अनुसन्धान भईसकेको परिषदका अध्यक्ष डा. अञ्जनीकुमार झाले जानकारी दिए। उनले सो रोगबारे अनुसन्धान नै नभएको भन्ने भनाईमा कुनै सत्यता नरहेको पनि बताए।
परिषदले सो रोग लाग्न नदिन जनचेतनामूलक कार्यक्रम संचालनको काम पनि सुरु गर्ने घोषणा गरेको छ। परिषदका अध्यक्ष झाले सो रोगलाई लाग्न नदिने गरी जनचेतनामूलक कार्यक्रम संचालन गर्ने बताए।
घर भित्र र घर वरपर विशेष ढंगले सफाई गरे सो रोगको संक्रमण नहुने परिषदले जनाएको छ। परिषदले सो रोग लाग्ने लामखुट्टेको नियन्त्रणका लागि घर भित्र र बाहिर कुनैपनि ठाउँमा पानी जम्न दिन नहुनेतर्फ पनि सचेत गराएको छ।
Facebook Comment