तुर्किमिनिस्तानलाई पाखा लगाउँदै नेपाली महिला टेबलटेनिस टिम फाइनलमा

डिसी नेपाल
३० भदौ २०७६ २१:१३

काठमाडौं। इन्डोनेशियाको जाकर्तामा जारी २४ औं एशियन टेबलटेनिस च्याम्पियनसिप २०१९ मा नेपाली महिला टोली फाइनल प्रवेश गरेको छ ।

नेपाली टोलीका ब्यवस्थापक धर्ममान बज्राचार्यका अनुसार नविता श्रेष्ठ, एलिना महर्जन र सिक्का सुवाल सम्मिलित नेपाली टिमले लिग कम नकआउटका आधारमा पहिलो खेलमा जोर्डनलाई र दोश्रो खेलमा तुर्किमिनिस्तानलाई समान ३–० ले पराजित गर्दै फाइनल यात्र तय गरेको हो । नेपाली महिला टोली लिग चरणमा मकाउ र ईरानसँग समान ३–० ले नै पराजित भएको थियो ।

यस्तै पुरुष टिमले पनि तुर्किमिनिस्तानमाथि ३–१ को जित निकालेको छ । जसमा स्यान्टु श्रेष्ठले २ र संयोग कपालीले एक खेल जितेका थिए । अमरलाल लाल मल्ल भने पराजित भएका थिए । मेन्स टिम ईभेन्ट्सकै अर्को खेलमा भने नेपाल थाईल्याण्डसँग ३० ले पराजित भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *