हङकङ क्रिकेटमा ठूलो उथलपुथल, बाबर हायातसँगै सिनियर खेलाडीले फिर्ता लिए टिमबाट नाम

डिसी नेपाल
३१ भदौ २०७६ ७:४१

एजेन्सी । हङकङका कप्तान अन्शुमान राथले देशबाट नखेल्ने घोषणा गरेको अर्को दिन अर्का खेलाडी बाबर हायातले पनि टी–२० छनोटको टिमबाट नाम फिर्ता लिएका छन ।

भारतमा क्रिकेट खेल्ने लक्ष्यका साथ अन्शुमानले देशबाट नखेल्ने बताएको अर्को दिन हायातले पनि टी–२० विश्वकप छनोट नखेल्ने भन्दै नाम फिर्ता लिएका छन । उनको स्थानमा तनविर अफ्जलले स्थान लिएका छन । हायातले ओमान र यूएई टुरमा टिममा नपरेको भन्दै विश्वकप छनोट नखेल्ने बताएका हुन ।

हायातसँगै इसान नवाज र तनविर अहमदले पनि नखेल्ने बताएका छन । दुबै खेलाडी यो टुरका लागि १५ खेलाडीको सूचीमा थिए, तर अन्तिम समयमा उनीहरुलाई रिर्जब खेलाडीमा राखेपछि दुबैले नाम फिर्ता लिनुका साथै हङकङ क्रिकेट बोर्डसँगको सम्झौता पनि रद्ध गर्ने भएका छन ।

हङकङका नयाँ प्रशिक्षक ट्रेन्ट जोनस्टोनलाई हायात, नवाज र अहमेदले अफ्जललाई टिममा राख्नुपर्ने बताएका थिए । तर प्रशिक्षकले अन्तिममा उनलाई नराखेपछि हायातसँग अरु दुई खेलाडीले पनि नाम फिर्ता लिएका हुन ।

ट्रेन्ट प्रशिक्षकका रुपमा आएको तीन सातामा नै हङकङ टिमका सिनियर खेलाडीलाई ड्रप गरेका छन । योसँगै हङकङ क्रिकेटमा ठुलो उथलपुथल भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *