प्रशिक्षणमा फर्किए मेस्सी, च्याम्पियन्स लिगको पहिलो खेल्ने

डिसी नेपाल
३१ भदौ २०७६ ८:१९

एजेन्सी । बार्सिलोनाका कप्तान लियोनल मेस्सी प्रशिक्षणमा फर्किएका छन् । खुट्टाको पिडुलाको चोटको कारण मैदान बाहिर रहेका मेस्सी आइतबारबाट प्रशिक्षणमा फर्किएका हुन् ।

चोटका कारण मेस्सीले यो सिजन खेलेका छैनन् । मेस्सीबिनाको बार्सिलोनाले यस सिजन ४ खेलमा २ जितसहित ७ अंक जोडेको छ । तर, मेस्सी च्याम्पियन्स लिगको समूह चरण अन्तर्गत जर्मन क्लब बोरुसिया डर्टमण्डसँगको खेलअघि प्रशिक्षणमा फर्किएका हुन् ।

बार्सिलोनाले बुधबार डर्टमण्डसँग उसैको मैदानमा खेल्दै च्याम्पियन्स लिगको सुरुवात गर्नेछ । डर्टमण्डसँगको खेल मेस्सी मैदान उत्रने सम्भावना रहेको बताईएको छ ।

च्याम्पियन्स लिगमा आज राति बार्सिलोनाले डर्टमन्डसँग पौने एक बजे जर्मनमा खेल्दैछ । आफ्ना मुख्य खेलाडी फिट भएपछि क्लबले अवे खेलमा अंक बटुल्ने लक्ष्य लिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *