नेपाली फुटबललाई अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउने प्रशिक्षक रुडीको निधन

डिसी नेपाल
३१ भदौ २०७६ ८:५८

एजेन्सी । कीर्तिमानी प्रशिक्षक रुडी गुटेनडर्फको ९३ बर्षको उमेरमा निधन भएको छ । विश्व कीर्तिमानधारी प्रशिक्षक रुडीको ९३ बर्षको उमेरमा निधन भएको हो ।

उनले ५ महादेशका ३२ देशका ५५ टिमलाई प्रशिक्षण दिएका छन् । रुडी नेपालको पूर्व प्रशिक्षक समेत हुन्। उनले जर्मन फुटबल टिमको प्रशिक्षक सहित ईरान र चीनको ओलम्पिक टिमको नेतृत्व गरेका थिए ।

रुडीले करिब ५० बर्ष प्रशिक्षकको रुपमा काम गरे । बिश्राम रहित काम गर्ने रुडीले स्विक टोली ब्लु स्टार जुरिचलाई सन् १९५० मा प्रशिक्षण दिएका थिए ।

उनले प्रशिक्षकको रुपमा अन्तिम काम सन् २००३ मा समोआमा गरेका थिए । जर्मन फुटबल संघका उपाध्यक्ष रेनर कोचले उनलाई जर्मन फुटबलका उत्कृष्ट राजदुत भनेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *