भाइले बालिकालाई बलात्कार गरे, दाइले पनि ‘चान्स’ खोज्दा दुवै प्रहरीको फन्दामा

झापा । ईलाका प्रहरी कार्यालय दमकले बालिकालाई जबरजस्ती करणी गर्ने १ जना र प्रयास गर्ने १ सहित एकै घरका २ दाजुभाईलाई पक्राउ गरेको छ।
सोमबार राती ११ बजेको समयमा झापा घर भएकी १५ वर्षीय बालिकालाई उनकै २३ वर्षीय छिमेकीले फोन गरेर घरबाट ५०० मिटरको जंगलमा बोलाएर जबरजस्ती करणी गरी फरार भएका थिए।
आफूलाई जबरजस्ती करणी गरेको भन्दै पीडिकको घरमा पुगेकी बालिकालाई पीडकका २५ वर्षीय दाजुले समेत सोही जंगलमा लगेर जबरजस्ती करणीको प्रयास गरेको भन्दै पीडितको आफन्तले ईलाका प्रहरी कार्यालय गौरादहमा जानकारी गराउनासाथ खोज तलासमा खटिएको प्रहरीको टोलीले घटनामा संलग्न २ जना दाजुभाई लाई नै पक्राउ गरेको छ।
पक्राउ परेका दुबैजनालाई ईलाका प्रहरी कार्यालय दमकमा ल्याई थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ।
Facebook Comment