आज झन् बढ्यो विदेशी मुद्राको भाउ, कुन देशको कति ?
काठमाडौं । आज (बुधबार) अमेरिकी यूके पाउण्ड र कुवेती दिनारसहित केही देशको भाउ बढेको छ। आज अमेरिकी डलर एकको खरिददर ११४ रुपैयाँ ५६ पैसा रहेको छ भने बिक्रिदर ११५ रुपैयाँ १६ पैसा रहेको छ।
त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १४२ रुपैयाँ १४ पैसा र बिक्रिदर १४२ रुपैयाँ ८९ पैसा रहेको छ। साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ५४ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ७० पैसा रहेको छ। त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ४६ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ६३ पैसा रहेको छ।
युएई दिराम एकको खरिददर ३१ रुपैयाँ १९ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ३५ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ ३९ पैसा तथा बिक्रिदर २७ रुपैयाँ ५३ पैसा रहेको छ।
कुवेती दिनार एकको खरिददर ३७६ रुपैयाँ ६४ पैसा तथा बिक्रिदर ३७८ रुपैयाँ ६२ पैसा रहेको छ । बहराईन दिनार एकको खरिददर ३ सय ३ रुपैयाँ ८२ पैसा तथा बिक्रिदर ३ सय ५ रुपैयाँ ४१ पैसा रहेको छ।
राष्ट्र बैंकले तोकेको अन्य देशको विनिमयदर
Facebook Comment