संसद सुचारु गर्न कांग्रेस सहमत !

डिसी नेपाल
१ असोज २०७६ ११:००

काठमाडौं। बाँके घटनालाई लिएर विगत केही दिनदेखि व्यवस्थापिका संसदको बैठक अवरुद्ध गर्दै आएको नेपाली कांग्रेसले अन्ततः संसद बैठक सुचारु गर्न दिने भएको छ । बाँके घटनामा संलग्नहरुविरुद्ध उजुरी दर्ता भइ कारवाही प्रक्रिया अगाडि बढिसकेको भन्ने गृह मन्त्रीले जानकारी दिएपछि अन्ततः कांग्रेस संद बैठक नियमित चल्न दिने निर्णयमा पुगेको हो ।

कांग्रेसका अधिकांश सांसदहरुले विवादित विषय कानुनी प्रक्रियामा गइसकेको अवस्थामा संसदजस्तो महत्वपूर्ण बैठक अवद्ध गर्नु हुँदैन भन्ने धारणा राखेपछि कांग्रेसले यस्तो निर्णय गरेको हो । संसद सुचारु गर्न दिने विषयमा निर्णय गर्नको लागि अहिले कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा संसदीय दलको बैठक बसिरहेको कांग्रेसका सांसद मोहम्मद अफताब आलमले डिसीनेपाललाई जानकारी दिए ।

यो बैठकले संसद नियमित संचालन गर्न दिने निर्णय गर्ने तयारी भएको आलमले बताए । कांग्रेसको यही बैठकका कारण आज बोलाइएको संसद बैठक केही समय ढिला गरिएको छ । यसअघि आज बिहान ११ बजे बस्ने तय भएको बैठक दिउँसो १ बजेको लागि सारिएको छ । कांग्रेसको बैठकले निर्णय गरिसकेपछि बैठक सुरु गर्ने उद्देश्यले बैठक २ घण्टा ढिला गरी बोलाइएको बताइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *