सहमतिमै संसदीय समिति परिवर्तन गरिएको सांसद गौतमको प्रष्टोक्ति

डिसी नेपाल
१ असोज २०७६ १७:२६

काठमाडौं। नेपाली काँग्रेसका सांसद संजयकुमार गौतमले आफ्नो सहमतिमै संसदीय समिति परिवर्तन गरिएको बताएका छन्। बुधबार उनले प्रेस विज्ञप्ति जारी गर्दै समिति परिवर्तनमा सभापति शेरबहादुर देउवाको कुनै दबाब नभएको बताएका हुन्।

प्रतिनिधि सभाको कानुन समितिमा रहेको गौतम हालै विकास समितिमा लगिएका छन् भने उनको स्थानमा कानुन समितिमा काँग्रेस सभापति देउवा पुगेका छन्। सांसद गौतमको संसदीय समिति परिवर्तनलाई एनसेल कर प्रकरणसँग जोडर चर्चा गरिएको थियो।

उनले एनसेल प्रकरणमा आफु र सभापति देउवालाई जोडेर सञ्चार माध्यमहरुले बदनाम गराउने प्रयास गरेकोमा समेत असन्तुष्टि प्रकट गरेका छन्।

letter pad new



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *