पूर्व प्रधानमन्त्री कोइरालालाई गणेशमान सिंह जनआन्दोलन स्वर्ण पदक दिइने
काठमाडौं यसवर्षको गणेशमान सिंह जनआन्दोलन स्वर्णपदक पूर्व प्रधानमन्त्री सुशील कोइरालालाई ९मरणोपरान्त० प्रदान गरिने भएको छ।
२०६४ बाट हरेक वर्ष प्रदान गरिदै आएको उक्त पदक यसपटक दिवंगत पूर्व प्रधानमन्त्री कोइरालालाई प्रदान गरिने भएको हो।
संघीय संविधान निर्माणमा उल्लेख्य भुमिका खेलेका कारण कोइरालालाई मरणोपरान्त उक्त सम्मान गर्न लागिएको हो।
गणेशमान सिंह तथा जनअन्दोलन सहिद स्मृती प्रतिष्ठानले उक्त पदक संविधान दिवसका अवसरमा प्रदान गर्न लागेको हो।
प्रतिष्ठानका अध्यक्ष भीमसेनदास प्रधानले कोइरालाको सम्मानमा मरणोपरान्त पदक प्रदान गर्न लागिएको जानकारी दिए। राष्ट्रपति बिद्यादेवि भण्डारीले पदक हस्तान्तरण गर्ने जनाइएको छ।
उक्त पदक यसअघि पूर्व राष्ट्रपती रामवरण यादव, पूर्व प्रधानमन्त्री गिरिजा प्रसाद कोइराला (मरणोपरान्त),पूर्व सभामुख सुवासचन्द्र नेम्वाङ, कांग्रेस नेता कृष्णप्रसाद सिटौला, कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाइ प्रदान गरिएको थियो।
Facebook Comment