नेपाली अमेरिकन सामुदायिक केन्द्रले ‘द्यौसी–भैलो कार्यक्रम’ गर्ने

वासिङ्टन डिसी, अमेरिका । अमेरिकाको उत्तरी भर्जिनियामा अवस्थित नेपाली अमेरिकन सामुदायिक केन्द्र (NACC) ले तिहारको अवसरमा ‘द्यौसी–भैलो कार्यक्रम’ आयोजना गर्ने भएको छ ।
गत जुन महिनामा डिसी मेट्रो सप्ताह सफतलापूर्वक सम्पन्न गरेको नेपाली संस्कृती जर्गेना गर्ने शिलशिलामा आगामी तिहारमा ‘द्यौसी–भैलो कार्यक्रम’ आयोजना गरेको नेपाल अमेरिकन सामुदायिक केन्द्रले जनाएको छ ।
‘द्यौसी–भैलो कार्यक्रम’ अक्टोबर २०, २१, २६, २७ तथा नोभेम्बर २ र ३ तारिखका दिन तोकिएको छ । जसमा कुनै दिन अन्य कार्यक्रम जुधेमा समय हेरफेर हुनसक्ने आयोजकले जनाएको छ।
प्रतिक्रिया
Facebook Comment