भोलि मजदुर किसान पार्टीको सातौँ महाधिवेशन, अध्यक्ष रोहितले उद्घाटन गर्ने

डिसी नेपाल
२ असोज २०७६ १०:५०

काठमाडौँ । भोलि (शुक्रबार)बाट नेपाल मजदुर किसान पार्टीको सातौँ महाशिवेशन सुरु हुने भएको छ।

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले असोज ३ गते दिउँसो एक बजे सल्लाघारीस्थित तीनकुनेको खुल्ला चौरमा पार्टीको सातौँ महाधिवेशन उद्घाटन गर्ने छन् ।

महाधिवेशनमा भक्तपुरको च्याह्मासिंह, बोडे र काठमाडौँको कोटेश्वरगरी तीन ठाउँबाट जुलुश निस्किएर सल्लाघारीस्थित तीनकुने सहभागी हुने कार्यक्रम छ ।

नेमकिपा महाधिवेशनको पूर्व सन्ध्यामा एक विज्ञप्ती प्रकाशित गर्दै देशको यो जटिल परिस्थितिमा सम्पन्न हुन गइरहेको नेपाल मजदुर किसान पार्टीको सातौँ महाधिवेशनको जुलुश र उदुघाटन समारोहमा महिला, मजदुर, किसान, युवा, विद्यार्थी, शिक्षक, प्राध्यापक, कर्मचारी, बुद्धिजीवी, पत्रकार, उद्योगी, व्यापारीलाई अनुरोध समेत गरेको छ ।

नेमकिपाका सचिव सुवालद्वारा जारी विज्ञप्ती




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *