नेपाल–बेल्जियम द्विपक्षीय वार्तामा के-के भयो?

डिसी नेपाल
२ असोज २०७६ २१:०५

काठमाडौं। नेपाल र बेल्जियमबीच बिहीबार सँयुक्त कन्सुलेट संयन्त्रको बैठक भएको छ। नेपाल र बेल्जियमबीचको द्विपक्षीय सम्बन्धका विषयमा छलफल भएको परराष्ट्रमन्त्रालयले जनाएको छ।

काठमाडौंमा भएको बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र सचिब शंकरदास वैरागीले गरेका थिए भने बेल्जियम प्रतिनिधिमण्डलको नेतृत्व बेल्जियमको द्विपक्षीय सम्बन्ध सम्बन्धि विभागका महानिर्देशक अनिक भान कलस्टरले गरेका थिए।

बैठकमा दुई पक्षीय हितका विषयमा र साझा अन्तर्राष्ट्रिय मुद्दामा छलफल भएको परराष्ट्रमन्त्रालयले जनाएको छ। बैठकमा दुई मुलुकबीच वैश्वीक मुद्दाहरुमा एकजुट भएर जाने विषयमा पनि छलफल भएको छ। जलवायु परिवर्तनका मुद्दाहरुमा नेपाल र बेल्जियमबीच समान धारणा बनाउने विषयमा पनि छलफल भएको परराष्ट्र मन्त्रालयले जारी गरेको प्रेस नोटमा जनाइएको छ।

यस्तै नेपाल बेल्जियमबीच उच्च स्तरीय भ्रमण आदान प्रदान गर्ने, द्विपक्षीय सम्बन्धलाई जनस्तरमा पुर्याउने विषयमा पनि छलफल भएको छ। साथै नेपालले आगामी सगरमाथा संवादका विषयमा पनि कुरा उठाएको थियो।

यस्तै बैठकमा द्विपक्षीय सम्बन्ध विस्तारका क्षेत्रहरु पनि बढाउने विषयमा छलफल भएको छ। व्यापार, पर्यटन, लगानीका विषयमा कुरा भएको परराष्ट्रमन्त्रालयले जनाएको छ।

नेपाल र बल्जियमबीच द्विपक्षीय संयन्त्र बनाउने समझदारीमा गएको वर्ष हस्ताक्षर भएको थियो। संयन्त्रको अर्को बैठक बेल्जियमको ब्रसेल्समा बस्ने छ। बैठकको मिति समन्वयपछि तोकिने छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *