रोहितको क्लब पर्सिजाको हार

डिसी नेपाल
२ असोज २०७६ २३:०३

काठमाडौं । नेपाली राष्ट्रिय टोलीका मिडफिल्डर रोहित चन्द रहेको पर्सिजा जकार्ताले इन्डोनेसियन लिगा वानमा हार व्यहोरेको छ । बिहीबार भएको खेलमा जकार्ता लिग लिडर बाली युनाइटेडसँग १–० ले पराजित भएको हो । जकार्ता घरेलु मैदानमै पराजित भएको हो ।

बालीको जितमा मेल्भिन प्लाट्जेले खेलको ७२ औं मिनेटमा निर्णायक गोल गरे । बालीविरुद्धको खेलमा रोहितले पुरै ९० मिनेट मैदानमा बिताएका थिए ।

जितसँगै बालीले १८ खेलबाट ४४ अंक जोडेको छ । र, शीर्ष स्थानको अग्रता १० अंकको बनाएको छ ।

साविकको विजेता समेत रहेको जकार्ताले १७ खेलबाट १७ अंक जोडेको छ । यस सिजन खराब प्रदर्शन गरिरहेको जकार्ता रेलिगेसन भन्दा एक स्थान माथि छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *