निर्वाचन आयोगद्वारा राष्ट्रपतिलाई उप निर्वाचनबारे जानकारी

डिसी नेपाल
३ असोज २०७६ ०:००

काठमाडाैँ । निर्वाचन आयोगले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका रिक्त सदस्य पदमा आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनको तयारीका गतिविधि प्रस्तुत गरेको छ।

प्रस्तुुतिमा विशेष गरेर उपनिर्वाचन गरिने रिक्त पदका बारेमा जानकारी, विवरण, निर्वाचन कार्यतालिका, बजेट तथा जनशक्ति व्यवस्थापन, राजनीतिक दल दर्ताको अवस्था, निर्वाचन सामग्री व्यवस्थापन र मतदाता शिक्षालगायत विषय केन्द्रित रहेको आयोगका प्रवक्ता गिरिजा शर्माद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ।

राष्ट्रपतिले सो अवसरमा आयोगलाई मतपत्र सरल र स्पष्ट बनाउन, उपनिर्वाचन स्वच्छ, स्वतन्त्र र निष्पक्ष बनाउन तथा थप सुधारका कदम चाल्न आयोगलाई निर्देशन दिए।

राजनीतिक दलसँग निरन्तर संवाद र समन्वयमा रही निर्वाचन व्यवस्थापनको सर्वस्वीकार्य वातावरण बनाउन आयोग क्रियाशील रहनुपर्नेमा राष्ट्रपति भण्डारीले जोड दिए।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सुझावका लागि राष्ट्रपति भण्डारीलाई धन्यवाद ज्ञापन गरेका थिए।रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *