सन्दिपले सीपीएलका अन्तिम ४ खेल गुमाउने

डिसी नेपाल
३ असोज २०७६ ८:३८

काठमाडौं । नेपाली लेग स्पिनर सन्दिप लामिछाने हाल वेष्ट इन्डिजमा जारी क्यारेवियन प्रिमियर लिग खेलिरहेका छन् । लगातार दोस्रो सिजन क्यारेबियन प्रिमियर लिग खेलिरहेका सन्दिपले तीन खेलमा चार विकेट लिएका छन ।

यो सिजनको सुरुवातबाट नै प्लेइङ सेटमा परेका सन्दिपले सिपीएलको अन्तिम चार खेल भने गुमाउने भएका छन ।नेपाली क्रिकेट टिमले सिंगापुर र ओमानमा दुई वटा टी–२० सिरीज खेल्ने भएकाले उनी विचमा नै नेपाली टिममा फर्कनेछन । दुबै सिरीजका लागि सन्दिप टिममा परेका छन ।

उनी नेपाली टिमबाट खेल्ने भएकाले सिपीएलको अन्तिम चार खेल र टिम प्लेअफमा पुगेमा ती खेलपनि गुमाउनेछन।सन्दिपको टिम र्बाबाडोस हाल तीन खेलमा एक जितका साथ पुछारबाट दोस्रो स्थानमा रहेको छ । उसलाई शिर्ष चारमा पुग्ने संभावना अझै बाँकी नै रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *