इंग्ल्याण्डका पूर्व खेलाडी पिटरलाई प्रतिबन्ध, फुटबलसँग सम्बन्धित कुनै पनि गतिविधि गर्न नपाउने

डिसी नेपाल
३ असोज २०७६ ८:५३

एजेन्सी । न्युकासल युनाइटेड तथा इंग्ल्याण्डका पूर्व फरवार्ड पिटर बार्डस्लेलाई फुटबलमा प्रतिबन्ध लागेको छ ।

खेलाडीलाई रंगभेदीय टिप्पणी गरेको भन्दै इंग्ल्याण्डको फुटबल एसोसिएसनले बार्डस्लेलाई ३२ हप्ताको प्रतिबन्ध लगाएको छ । प्रतिबन्धसँगै उनले ३२ साता कुनैपनि फुटबलसँग सम्बन्धित गतिविधि गर्न पाउने छैनन् ।

न्युकासलको यू–२३ को प्रशिक्षक रहदा बार्डस्लेले एक कालो वर्णका खेलाडीलाई बादर भनेर बोलाएका थिए र जिस्कदै रुख चढ्न भनेका थिए । उक्त घटनापछि फुटबल एसोसिएसनको स्वतन्त्र छानविन समितिले बार्डस्लेलाई दोषी ठहर गर्दै प्रतिबन्ध लगाएको हो ।

५८ वर्षीय बार्डस्ले भने उक्त निर्णयबाट आफु आश्चर्य र निराश भएको बताए । उक्त घटनापछि छानबिन समितिलाई सहयोग गर्न भन्दै उनले प्रशिक्षक पद त्यागेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *