२७० करोड लागतको फिल्ममा काम गर्दा अमिताभले पारिश्रमिक नै लिएनन्
काठमाडौँ । अमिताभ बच्चनले चिरन्जीवीले बनाएको फिल्म सेरा नरसिंह रेड्डीमा नि:शुल्क रुपमा अभिनय गरिदिएको अहिले बलिवुडमा चर्चाको विषय बनेको छ । चिरिन्जीवीले गरेको अनुरोधलाई अमिताभले पहिलो पटकमै स्वीकार गरेको चिरन्जीवीले जानकारी गराएका छन् ।
अमिताभले यस फिल्मको रोलका लागि दिएको पैसा समेत लिन अस्विकार गरेका छन् । यहाँ सम्मकी अमिताभले शुटिंगका लागि जाने आउने खर्च समेत नलिएको बताइएको छ । अमिताभले एक पटक भनेका थिए – दक्षिण भारतीय सिनेमामा दुई यस्ता सुपरस्टार छन् जसलाई आफुले कहिल्लै पनि नाइँ भन्न सक्दिन । रजनीकान्त र चिरन्जीवी दुई यस्ता स्टार हुन् जसलाई मैले नाइँ भन्नै सक्दिन ।
अमिताभ सेरा नरसिंह रेड्डीमा अतिथि भूमिकामा रहेका छन् । विभिन्न भाषामा बनेको यो फिल्मको हिन्दी भाषामा अमिताभको भूमिकालाई विशेष रुपमा प्रचार गरिने भएको छ । नरसिंह रेड्डी आगामी अक्टोबर २ मा रिलिज हुदै छ भने यो फिल्म तेलगु, तामिल, हिन्दी र मलायलममा बनेको छ । फिल्म करिब २ सय ७० करोडको लागतमा बनेको छ ।
Facebook Comment