आरसीबीको कप्तानमा विराट कोहली नै रहने

डिसी नेपाल
३ असोज २०७६ ११:००

एजेन्सी । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको आगामी सिजनमा रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी) को कप्तान परिवर्तन नहुने भएको छ ।

क्रिकइन्फोका अनुसार पछिल्लो सिजन खराब प्रदर्शन गरेपछि आरसीबीको कप्तान परिवर्तन हुने हल्ला चलेको थियो । तर,आरसीबीका नवनियुक्त क्रिकेट डिरेक्टर माईक हेसनले कप्तान परिवर्तन नहुने बताएका छन् ।

कप्तान परिवर्तन नहुने भएपछि विराट कोहलीले कीर्तिमानी सातौं सिजन आरसीबीको कप्तानी गर्ने भएका छन् । भारतीय क्रिकेट टिमका कप्तान समेत रहेका कोहलीमा कप्तानी क्षमता रहेको कारण कुनै परिवर्तन नहुने क्रिकेट डिरेक्टर माईकले बताए ।

‘विराटको नेतृत्वमा कुनै धारणा हामीसँग छैन । तर, उनले पछिल्लो समयको गल्तीबाट अघि बढ्ने पाठ सिकेका छन्,’ एक अन्तरक्रिया कार्यक्रममा माईकले भने, ‘विराटको कप्तानीमा कुनै प्रश्नचिन्ह छैन ।’ गत सिजन बैंगलोर प्ले अफ पुग्न असफल भएको थियो । गत सिजनको उपाधि चेन्नई सुपर किङ्सले जितेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *