छैठौ हारपछि क्रिस गेल र आन्द्रे रसेल दबाबमा, प्लेअफ पुग्नै कठिन

डिसी नेपाल
३ असोज २०७६ १३:१७

काठमाडौँ । क्यारेबियन प्रिमियर लिग (सिपिएल) अन्तर्गत सेन्ट किट्स एण्ड नेभिस प्याट्रीयट्सले जमैका तल्लावाहलाई पराजित गरेको छ । आज बिहान भएको खेलमा सेन्ट किट्सले जमैकामाथि २० रनको जित हासिल गरेको हो ।

सेन्ट किट्सले दिएको १७७ रनको लक्ष्य पच्छाएको जमैका १९.५ ओभरमा केवल १५६ रन बनाएर अलआउट भएपछि सेन्ट किट्स २० रनले विजयी भएको हो । जमैकाका लागि ओपनर ग्लेन फिलिप्सले ४९ बलमा ८७ रनको उत्कृष्ट इनिंग खेलेपनि अन्य ब्याट्सम्यानले साथ नदिदा जित दिलाउन असफल भए ।

जमैकाका लागि शमार स्प्रिंगरले ३० रन बनाए भने इमरान खानले २० रन बनाए । अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन । क्रिस गेल फेरी असफल हुदै केवल एक रन बनाएर आउट भएका थिए । सेन्ट किट्सका बलर शेल्डन कोट्रेल, अल्जारी जोसेप र रयाद इम्रिटले २-२ विकेट लिएका थिए ।

यस अघि टस हारेर पहिला ब्याटिंग गरेको सेन्ट किट्सले खाराब सुरुवात गरेपनि अन्त्यमा खेलमा फर्किदै २० ओभरमा ६ विकेट गुमाउदै १७६ रन बनाएको थियो । सेन्ट किट्सले ८२ रनमा ६ विकेट गुमाएको अवस्थाबाट सातौ विकेटका लागि फाबियन एलेन र केरोन कोटोयले ९४ रनको साझेदारी गरेका थिए । फाबियनले ६२ रन बनाए भने कोटोयले २७ रन बनाए ।

त्यस्तै सेन्ट किट्सका मोहमद हाफिजले ३७ र लाउरी इभानले २१ रन बनाएका थिए । यो जितपछि सेन्ट किट्सले ८ खेलमा ४ जित र ४ हर बेहोर्दै ८ अंकसहित तेस्रो स्थानमा पुगेको छ भने जमैकाले ७ खेलमा छैठौ हार बेहोरेको छ । केबल एक जित हासिल गरेको जमैका २ अंकसहित पुछारमा रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *