काठमाडौंका यी रुटमा आज भाडा नतिरी बसमा घुम्न पाइन्छ

डिसी नेपाल
३ असोज २०७६ १३:४९

काठमाडौं। उपत्यकाका विभिन्न रुटमा आज भाडा नतिरी यात्रा गर्न पाइनेछ । संविधान दिवसका अवसरमा सुन्दर यातायात प्रालिले यस्तो सुविधा दिएको हो । सुन्दरले सञ्चालनमा ल्याएको विद्युतिय बसमा आज भाडा तिर्नु पर्दैन । आज संविधान दिवसको अवसर पारेर निशुल्क यात्राको व्यवस्था गरिएको हो ।

शुक्रवार बिहानैदेखि ७ वटा बसले निशुल्क रुपमा यात्रु ओसारपसार गरिरहेका छन् । निजी क्षेत्रको सार्वजनिक विद्युतीय सवारी कम्पनी सुन्दरले गत भदौ २३ गतेबाट सेवाको सुरुवात गरेको थियो । सुन्दर यातायातका बसमा यात्रा गर्ने यात्रुले चक्रपथ, नारायणथान, जावलाखेल—मेडिसिटी अस्पताल, गोगंवु सामाखुसी गौशला कोटेश्वर सल्लाघारी ढुंगेअड्डा—कलंकी—त्रिपुरेश्वर—वीरअस्पताल—जमल—कृष्णपाउरोटी—रातोपुल—गौशाला—चावहिल साथै सूर्यविनायक—कोटेश्वर—बानेश्वर—वीरअस्पताल र जमल लगायतका स्थानमा आवतजावत गर्न सक्छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *