मधेसवादी दललाई अलग राखेर जारी गरेको संविधान स्वीकार गर्न सकिएन : यादव

डिसी नेपाल
३ असोज २०७६ १५:११

काठमाडौं। राष्ट्रिय जनता पार्टी, नेपालका अध्यक्ष मण्डलका सदस्य महेन्द्रराय यादवले मधेशवादी दललाई अलग राखेर जारी गरिएकोले यो संविधान स्वीकार गर्न नसकिएको बताएका छन्।

संयोजक यादवले संविधान संशोधन गर्नुपर्ने आफनो पार्टीको माग सम्बोधन नगरेको भन्दै सरकारको पनि चर्को आलोचना गरे। ‘अन्धो र बहिरो यो सरकारले संविधान संशोधन गरेन,’ उनले भने, ‘ठूला दलहरुले पनि संविधान संशोधन नगरेपछि हामीले यो संविधानलाई स्विकार गर्ने अवस्था रहेन।’

संविधान दिवसको अवसर पारेर शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै संयोजक यादवले दुई तिहाईको बल मिचाईमा प्राप्त संघीयता र गणतन्त्र नमास्न पनि सरकारलाई सचेत गराए।

उनले मधेशी जनताको बलिदानीपूर्ण संघर्षको बलमा आएको संघीयता मास्न खोजे सरकार आफै समाप्त हुने चेतावनी दिए।
संयोजक यादवले सरकारले संघीयताको धज्जी उडाएको आरोप लगाए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *