‘स्टक क्लियरेन्स मेला’मा किनमेल गर्नेको घुँइचो

डिसी नेपाल
३ असोज २०७६ १८:५८

काठमाडौं । दशैंको अवसर पारेर राजधानीको भृकुटीमण्डपमा असोज १ गतेदेखि संचालनमा आएको स्टक क्लियरेन्स मेलामा किनमेल गर्ने ग्राहकको उल्लेख्य घुइँचो लागेको छ।

इभेण्ट सोलुसन प्रालिको आयोजनामा सञ्चालन भइरहेको स्टक क्लियरेन्स मेलाको तेस्रो दिनसम्म ५२ हजार बढी अवलोकनकर्ताले सहभागिता जनाईसकेका छन्।

आयोजकका अनुसार असोज ३ गते संविधान दिवसको अवसरमा सार्वजनिक विदा परेकाले यस दिनमा मात्र झण्डै २७ हजार अवलोकनकर्ता मेलामा पुगेका छन्।

अघिल्लो दुई दिनमा २५ हजार बढी अवालोकनकर्ता मेला हेर्न र किनमेलका लागि भृकुटीमण्डप पुगेको इभेण्ट सोलुसन प्रालिका बजार निर्देशक नविन भट्टले जानकारी दिए।

इभेण्ट सोलुसनले वर्षेनी आयोजना गर्दै आएको मेलाले आम उपभोक्तालाई सस्तो मूल्यमा एकै छाना मुनि हरेक प्रकारका सामान किन्ने अवसर प्रदान गर्दै आएको छ।

चाडपर्वका बेला सस्तो मूल्यमा एकै छानामुनी स्वदेशी तथा विदेशी सामानहरु उपलब्ध गराउनका लागि मेलाको आयोजना गरिएको हो। ‘दशैंको बेला सस्तो मेला’ भन्ने नाराका साथ संचालित स्टक क्लियरेन्स मेलामा विभिन्न किसिमका बम्पर छुट अफर समेत सञ्चालन गरिएको छ।

एक्स्पोमा नेपाल, भारत, पाकिस्तान, बंगलादेश, चीन, थाइल्याण्ड र जापानका उत्पादन तथा प्रदर्शकहरुको सहभागिता रहेको छ। ‘अफरै अफरको ब्यापारिक मेला शपिगं गर्ने यहि हो बेला भन्ने अर्को नारासहित सञ्चालन भैरहेकोे मेलामा बजारको तुलनामा सस्तोमा सामान खरिद गर्न सकिन्छ।

जहाँ घरायसी प्रयोजनका सम्पूर्ण सामाग्री, छालाका उत्पादनहरु, खानाका परिकार तथा उत्पादन, कपडा, जुत्ता, ह्याण्डीक्राफ्ट, इलेक्ट्रोनिक्सलगायत सामाग्रीका सयभन्दा बढी स्टलहरु रहेका छन्।

दशैंका लागि आवश्यक सम्पूर्ण उपभोग्य सामाग्रीहरु एकै ठाउँबाट बिशेष छुटमा उपलब्ध गराउने लक्ष्यका साथ आयोजना गरिएको एक्सपोमा फिक्स्ड प्राइसका साथै विशेष अफरहरु प्रदान गरिएको छ।

मेलामा जुत्ता तथा चप्पल उद्यमी समुह अन्तरगतका ४ वटा नेपाली ब्राण्डको सहभागिता छ। बिएफ डियर हिल, रन सुज, शिखर सुज र शु ल्याण्डका १ हजारभन्दा बढी मोडलका जुत्ता तथा चप्पलहरुको पनि बिक्रीमेला लागेको छ।

नेपाल चेम्बर अफ कमर्शले प्रवद्धन गरेको एक्स्पो आगामी आइतबारसम्म चल्नेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *