संविधान दिवसको अवसरमा अपाङ्गता परिचयपत्र वितरण

डिसी नेपाल
३ असोज २०७६ २०:४५

जुम्ला । संविधान दिवसको अवसरमा यहाँको तिला गाउँपालिकाले अपाङ्गता परिचयपत्र वितरण शुरु गरेको छ।

तिला गाउँपालिकाले संविधानले दिएको अधिकार स्थानीय तहमा प्रयोग गर्दै जुम्लामा पहिलो पटक स्थानीय तहबाट परिचयपत्र वितरण गरिएको हो।

गाउँपालिका उपाध्यक्ष तथा परिचयपत्र समन्वय समितिका संयोजक विष्णुमाया बुढा र प्रमुख प्रशासकीय अधिकृत हरिश्चन्द्र नेपालीले दिवसको औपचारिक कार्यक्रममा अपाङ्गता भएका व्यक्तिलाई परिचयपत्र वितरण गरेपछि अपाङ्गता भएका व्यक्ति खुशी भएका छन्।

उपाध्यक्ष बुढाले बहु अपाङ्गता भएका बालक तिला गाउँपालिका–१ का गणेश रोकायालाई रातो (क वर्गको) परिचयपत्र विरतण गरेर स्थानीय तहबाट अपाङ्गता परिचयपत्र वितरण कार्य शुरु गरेका हो।

यसैगरी प्रमुख प्रशासकीय अधिकृत नेपालीले निलो अतिअशक्त दृष्टिविहीन अपाङ्गता भएका महिला तिला गाउँपालिका–२ की विशकली रोकायालाई हस्तान्तरण गरे।

परिचयत्रपत्र निर्देशिका अनुसार प्रमुख प्रशासकीय अधिकृतलाई हरिश्चन्द्र नेपालीले हस्ताक्षर गरेका हुन्। सङ्घीयतापछि महिला तथा बालबालिका कार्यालय खारेज भएपछि परिचयपत्र जुम्लामा रोकिएको थियो।

तिला गाउँपालिका भने स्थानीय तहबाट परिचयपत्र उपलब्ध गराउने जुम्लाको पहिलो गाउँपालिका भएकाले परिचयपत्रबाट हुने सेवा सुविधाको बाटो खुलेको छ।

अपाङ्गता भएका व्यक्ति रोकायाका अभिभावक लालबहादुर रोकायाले परिचयपत्रका लागि बजार धाउनुपर्ने दुःख गर्नु नपरेको र अब घरमै परिचयपत्र पाएकाले खुशी व्यक्त गरे।

संविधाननै विपन्न वर्ग र क्षेत्रको प्राथमिकतामा जन्मेकाले संविधान दिवसको अवसरमा परिचयपत्र वितरण शुरु गरिएको उपाध्यक्ष बुढाले बताइन्।

उनले वडा वडामा घुम्ती शिविर राखेर परिचयपत्र उपलब्ध गराउने बताइन्। सरकारले अहिले अपाङ्गता भएका व्यक्तिलाई शिक्षा निःशुल्क, स्वास्थ्य र रोजगारीमा पनि छुट दिने गरेको छ।

गाउँमा संविधान दिवसको उत्साह

संविधान दिवसको उत्साह भने शहर क्षेत्रसँगै गाउँमा उत्तिकै बढेको छ। तिला गाउँपालिकाले दिवसको अवसरमा अपाङ्गता परिचयपत्र वितरणसहित ¥यालीसहित विभिन्न औपचारिक कार्यक्रम गरेको हो। जनप्रतिनिधि र कर्मचारी भलिबल, कुर्चीखेल, दौड र नाचगानसहितको उत्साहपूर्वक संविधान दिवस मनाइएको छ।

यहाँको तातोपानी गाउँपालिकाले सरसफाइ, देउडामार्फत संविधानको प्रचारप्रसार गरेको अध्यक्ष नवराज रावलले बताए। हिमा गाउँपालिकाले सररसफाइसहित दीप प्रज्वलन गरेर संविधान दिवसको उत्सव मनाएको छ। यसैगरी विभिन्न पालिका र वडापालिकाले संविधान दिवस खुशियाली साथ मनाएका छन्।रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *