यू–१६ च्याम्पियनसिप छनोटमा नेपालको लज्जास्पद हार, ताजिकिस्तानले प्रहार गर्‍यो ७ गोल

डिसी नेपाल
४ असोज २०७६ ६:१५

काठमाडौं । जोर्डनमा जारी एएफसी यू–१६ च्याम्पियनसिप छनोटको तेस्रो खेलमा नेपालले फराकिलो हार व्यहोरेको छ ।

शुक्रबार भएको खेलमा नेपाल ताजिकिस्तानसँग ७–० गोलको फराकिलो अन्तरले पराजित भएको छ । अम्मानको जार्का सिटीस्थित प्रिन्स मोहम्मद अन्तर्राष्ट्रिय रंगशालामा पहिलो हाफमा ४–० ले पछि परेको नेपालले दोस्रो हाफमा थप ३ गोल खाएको थियो ।

जितसँगै ताजिकिस्तानले अपराजित यात्रा कायम राखेको छ । ताजिकिस्तानले ३ खेलबाट ९ अंक जोडेको छ । ३ खेलमा दुई हार व्यहोरेको नेपालको १ अंक छ । यसअघि पहिलो खेलमा नेपाल जोर्डनसँग ७–० ले पराजित भएको थियो । दोस्रो खेलमा नेपालले कुवेतसँग १–१ गोलको बराबरी खेलेको थियो ।

छनोटको समूह ‘ए’ मा रहेको नेपालले अब अन्तिम खेलमा आइतबार श्रीलंकासँग खेल्नेछ । प्रतियोगिताको शीर्ष टोलीले सन् २०२० मा आयोजना हुने च्याम्पियनसिपको दोस्रो चरणमा स्थान बनाउने छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *