बार्सिलोनाले पायो १६ वर्षका नयाँ मेस्सी, स्पेनको राष्ट्रिय टिमबाट डेब्यू गर्दैछन्

डिसी नेपाल
४ असोज २०७६ १०:२८

काठमाडौँ । अहिले बार्सिलोनाका १६ बर्षिय खेलाडी अंसु फाती विश्व फुटबलमा चर्चाको विषय बनेका छन् । बार्सिलोनामा स्टार खेलाडी लियोनेल मेस्सी घाइते भएको बेलामा मेस्सीको ठाउमा खेलेका फातीले ३ खेलमा २ गोल गरेर विश्व फुटबल र बार्सिलोनालाई नयाँ सुपरस्टार मिलेको झल्को दिएका छन् ।

अहिले बार्सिलोनाका विश्वभरका फ्यानहरु समेत फातीको प्रदर्शनलाई लिएर बार्सिलोनाले नयाँ मेस्सी पाएको भन्दै उत्साहित भएका छन् । च्याम्पियन्स लिगको समुह चरणको पहिलो खेलमा मेस्सीको ठाउँमा पहिलो हाफ खेलेका फातीले दोस्रो हाफमा उनको ठाउँमा मेस्सी मैदानमा पस्दै गर्दा फ्यानहरुले यसलाई सिम्बोलिक रुपमा फातीले मेस्सीको ठाउ लिने रुपमा हेरेका छन् ।

फातीको क्लब तहमा छोटो समयमै सफल भएको चर्चा भइरहदा अहिले फेरि उनी कुन देशबाट खेल्छन भन्ने नयाँ बहस भैरहेको छ । पश्चिमी अफ्रिकी देश गुइनी बिसाउका फाती अहिले स्पेनबाट खेल्ने गरि पासपोर्ट लिएका छन् । गोल डट कमका अनुसार फाती गुइनी बिसाउका अलावा स्पेन र पोर्चुगलबाट आफ्नो अन्तर्राष्ट्रिय फुटबल खेल्न पाउने छन् । ६ बर्षको उमेरदेखि स्पेनमै बसेका फाती सेभिल्ला र बार्सिलोना एकेडेमीका खेलाडी हुन् ।

स्पेनमा उनी १० बर्षदेखि बसिरहेकाले उनी स्पेनको नागरिकता लिन सक्ने छन् । स्पेनको नागरिकता लिएपछि उनी स्पेनबाट फुटबल खेल्न सक्ने छन् । मिडिया रिपोर्टका अनुसार फातीलाई स्पेनबाट खेलाउन स्पेनिस फुटबल फेडेरेशनले पहल समेत गरिसकेको बताइएको छ । स्पेनले फातीले छिटो स्पेनिस नागरिकता लिएमा आगामी अन्डर १७ विश्वकप खेल्ने स्पेनको खेलाडी सुचिमा उनको नाम समावेश गर्ने चाहना व्यक्त गरेको छ ।

स्पेनिस कोच रोबेर्टो मोरेनोले फातीका विषयमा छलफल भइरहेको भएपनि यो उनकै निर्णयको विषय भएको बताएका छन् । त्यस्तै फाती पोर्चुगलबाट समेत खेल्न सक्ने बताइएको छ । गुइनी बिसाउ कुनै बेला पोर्चुगलको क्लोनीको रुपमा रहेको थियो । सो अनुसार पोर्चुगलले आफ्नो टेरोटेरीकालाई पोर्चुगलको नागरिकता दिने विशेष व्यवस्था रहेको छ ।

अहिले पोर्टोबाट खेलिरहेका डानिलो पेरेइरा पनि गुइनी बिसाउमै जन्मिएर पोर्चुगलबाट खेलेका हुन् । तर डानिलो ५ बर्षको उमेरदेखि नै पोर्चुगलमा बसेका थिए । अब फातीका विषयमा पोर्चुगलले कुनै विशेष निर्णय गर्छ वा गर्दैन त्यो भने अलग विषय हो ।

तर पछिल्लो मिडिया रिपोर्टका अनुसार उनी स्पेनबाट खेल्ने लगभग निश्चित रहेको छ । स्पेनमा करिब १० बर्षदेखी बसिरहेका र यहिका ठुला क्लब सेभिल्ला र बार्सिलोनाको एकेडेमीक उत्पादन भएकाले उनले स्पेन छोडेर अन्तबाट खेल्ने सम्भावना नरहेको बताईन्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *